दुर्घटनामा बसधनी र चालकसहित नौ जनाको मृत्यु

घाइते पाँच जना पाेखराकाे मणिपालमा उपचार जारी

पोखरा । बागलुङमा आइतबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश०१-००६ख३८७९ नम्बरको बस आइतबार साँझ सवा ५ बजे निसीखोला गाउँपालिका वडा नं. ६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । बस सडकबाट करिब तीनसय मिटर तल पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा बस धनी र चालकको पनि ज्यान गएको छ । मृत्यु हुनेमा बस धनी मुसीकोट-२ रातामाटाका बबी ददेल नेपाली र चालक रोल्पा घर भएका सुवास गौतम भनिने मानसिंह विक रहेका छन् ।

यसैगरी दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुमपश्चिम मुसीकोट-१ की २७ वर्षीया विनिता केसी, मुसीकोट-४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसीकोट-३ साँखकी कल्पना केसी, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुम पूर्व सिस्ने गाउँपालिका-५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको दुर्घटनामा परी मृत्यु भएको हाे ।

सात जनाको घटनास्थलमै र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २० जनाको धौलागिरि अस्पताल बागलुङ र पाँच जनाको मणिपाल अस्पताल पोखरा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button