बाघको आक्रमणबाट घाँस काट्न जंगल गएकी महिलाको मृत्यु

पर्सा । पर्सामा बाघको आक्रमणबाट जंगलमा घाँस काट्न जंगल गएकी एक महिलाको ज्यान गएको छ ।

मत्यु हुनेमा ठोरी गापाँलिका वडा नं ४ मालीबस्तीकी ४० वर्षीया कलावती खत्री रहेकी छन् ।

प्रहरीका अनुसार सोमबार साँझ ४ बजेर ५० मिनेटमा खत्रीको शव पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा फेला परेको थियो ।

उनी जंगलमा घाँस काटन एक्लै गएकी थिइन् । उनको शरीरको विभिन्न भाग तथा घाँटीमा बाघको नङग्राले कोतरिएको छ ।

खत्रीको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको छ । उक्त वन क्षेत्रमा यसअघि बाघ नदेखिएको र यहाँ बाघको आक्रमणको पहिलो घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button