पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ आर्वास्थित नवदुर्गा क्लबको आयोजनामा दोस्रो नवदुर्गा कप भलिबल प्रतियोगिता हुने भएको छ ।
‘युवाका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ यही चैत २९ देखि वैशाख १ सम्म प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मनोज बरालले बताए ।
रतनपाण्डे माविको खेल मैदानमा हुने प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः ३५ हजार र २० हजार नगदका साथमा मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव सुदर्शन बरालले जानकारी दिए ।
चैत २८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ भने दर्ता शुल्क तीन हजार तोकिएको छ । प्रतियोगितामा जिल्ला, प्रदेश र राष्ट्रिय खेलाडीले सहभागिता जनाउन पाउने छैनन् ।
भलिबल खेलप्रति युवालाई आकर्षित गर्दै प्रोत्साहन गर्ने र प्रभुधाम धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक आशीष थापाले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution