रुखबाट लडेर वडासदस्यको निधन

धादिङ । नीलकण्ठ नगरपालिका-१० का वडासदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ ।

दाउरा काट्ने क्रममा मंगलबार रुखबाट लडेर वडासदस्य तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए ।

रुखबाट लड्नेबित्तिकै उपचारका लागि धादिङ अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष पाण्डेले जानकारी दिए ।

वडासदस्य तिमिल्सिना गत निर्वाचनमा खुलातर्फ वडासदस्यमा निर्वाचित थिए

वडासदस्यको निधन भएको शोकमा नीलकण्ठ नगरपालिकाले बुधबार नगरपालिकामा बिदा दिने निर्णय गरेको छ ।

नीलकण्ठ-१० का वडासदस्य तिमिल्सिनाको निधनमा नगरपालिका तथा मातहतका वडा कार्यालयमा एक दिनका लागि शोक बिदा दिने निर्णय गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button