पोखरा । आज अन्तर्राष्ट्रिय खुसी दिवस हो । हरेकवर्ष मार्च २० लाई अन्तर्राष्ट्रिय खुसी दिवसको रुपमा मनाइने गरिएको छ । नेपालमा भने सन् २०१६ देखि यो दिवस मनाउन थालिएको हो ।
हामी एक सरल, दैनिक अभ्यास अपनाएर सँगै खुसी र दयालु संसार बनाउन सक्छौँ भन्ने विश्वासका साथ खुसी दिवस मनाइने गरिएको पाइन्छ । यस दिवसले खुसी हुन पाउनु पनि आधारभूत मानव अधिकार हो र खुसी हुनु जरुरी छ भनेर भनेर याद दिलाउँछ ।
सन् २०११ मा, संयुक्त राष्ट्र महासभाले एक प्रस्ताव पारित गर्दै खुसी लाई आधारभूत मानव लक्ष्य बनायो र खुसीलाई आर्थिक अवसर जत्तिकै प्राथमिकता दिने आव्हान पनि ग¥यो ।
दुई वर्ष पछि सन् २०१३ मा, संयुक्त राष्ट्रका सबै १९३ सदस्य राष्ट्रहरूले विश्वको पहिलो अन्तर्राष्ट्रिय खुसी दिवस मनाए, र यो निरन्तर हरेक वर्षको मार्च २० मा आयोजना हुँदै आइरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution