आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षा हुने

पोखरा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।

कोशी र मधेस प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।

आज दिउँसो गण्डकी, कोशी, मधेस र बागमती प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेस र बागमती प्रदेशको थोरै स्थानमा साथै बाँकी देशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

गण्डकी, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।

साथै गण्डकी, कोशी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

गण्डकी, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button