महेन्द्रपुलमा विद्यार्थीको रक्तदान कार्यक्रम, ५३ युनिट रगत संकलन

पोखरा । पोखराको महेन्द्रपुलमा आयोजित रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको छ । पोखरास्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा सामाजिक कार्य अध्ययन गर्ने विद्यार्थीले मंगलबार रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।

लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले इजरायलमा भएको हमास आक्रमणमा परेर ज्यान गुमाएका विद्यार्थीलाई सम्झेर ‘म पहिलो रक्तदाता बन्छु’ भन्दै पहिलो रक्तदाता बनेर कार्यक्रम सुरुआत गरेका थिए ।

क्याम्पस प्रमुख नारायणकुमार श्रेष्ठले सामाजिक कार्यको व्यावहारिकस्वरुप रक्तदान कार्यक्रम गरिएकोमा खुसी व्यक्त गरे ।
सामाजिक कार्यकी प्राध्यापक रोशिना कुँवरले दिवसको नारासँगै रक्तदानको महत्वबारे चर्चा गरेकी थिइन् ।

कलेजका विद्यार्थीले बेलाबेलामा विभिन्न कार्यक्रम गर्दै आएका छन् । यसपटकको रक्तदानमा स्थानीयको सहयोग मिलेको विद्यार्थीले बताए । यसपटक सामाजिक कार्य दिवसको मूलनारा ‘रूपान्तरणकारी परिवर्तनका लागि साझा भविष्य’ थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button