पोखराको राष्ट्रिय माविले बृहत् पुनर्मिलन र म्याराथन आयोजना गर्ने

पोखरा । हीरक महोत्सव मनाइरहेको पोखरास्थित राष्ट्रिय माध्यमिक विद्यालयले महोत्सव वर्षभरि विभिन्न २२ कार्यक्रम गरि मनाउने भएको छ ।

२० मंसिर ०८० मा आफ्नो स्थापनाको ७४ औं वर्ष पूरा गरि ७५ औं वर्षमा प्रवेश गरेको विद्यालयले हीरक महोत्सव २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरी मनाइरहेको छ ।

गत २० मंसिरमा प्रभातफेरीसँगै हीरक महोत्वको शुभारम्भ गरिएको थियो । एक वर्षमा गरिने २२ कार्यक्रममध्ये विभिन्न १० कार्यक्रम सम्पन्न भएका छन् भने अन्य १२ कार्यक्रम आउँदो २० मंसिरभित्र सम्पन्न गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामविक्रम राणाले जानकारी दिए ।

महोत्सवअन्तर्गत प्रभातफेरी, विद्यालयका संस्थापक र जग्गा दातालाई सम्मान, खेलकुद सप्ताह सकिएको छ ।

यस्तै, योग तथा जुम्बा, खुल्ला रक्तदान, संस्थापक सेक्रेटरी ऋषिकेशव पराजुलीको नामक पुस्तक विमोचन, स्वास्थ्य शिविर, पत्रकार भेटघाट, एचआइभी एड्ससम्बन्धी सचेतनामूलक प्रतिवद्धता र लक्ष्मी फिल्म प्रदर्शन, बृहत सरसफाइ कार्यक्रम सम्पन्न भइसकेको मूल आयोजक समिति उपाध्यक्ष शिवप्रसाद पराजुलीले जानकारी दिए ।

अब विद्यालयले ८ वैशाखमा बृहत् पुनर्मिलन समारोह, वैशाख अन्तिम साता विद्यार्थी बिच म्याराथन कार्यक्रम आयोजना गर्दैछ ।

यसैगरी जेठ दोस्रो साता जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता, असार दोस्रो साता अन्तरविद्यालय चित्रकला प्रतियोगिता, साउन दोस्रो साता अन्तरविद्यालय निवन्ध लेखन प्रतियागिता, भदौ पहिलो साता शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय समुदाय तथा सरोकारवालाबिच शैक्षिक संवाद आयोजना गर्ने विद्यालयले जनाएको छ ।

यस्तै, भदौ तेस्रो साता अन्तरविद्यालय कविता प्रतियोगिता, असोज पहिलो साता अन्तरविद्यालय जिल्ला स्तरीय भलिबल प्रतियोगिता, कात्तिक पहिलो साता पूर्वविद्यार्थी/शिक्षक, वर्तमान विद्यार्थी/शिक्षक/कर्मचारी तथा सरोकारवालाबिच शुभकामना आदान प्रदान, कात्तिक दोस्रो साता चन्दादाता, विशिष्ट योगदान गर्नेलाई सम्मान तथा अभिनन्दन, १७ मंसिरमा विज्ञान प्रदर्शनी र २० मंसिर २०८१ मा स्मारिकका विमाचनसँगै हीरक महोत्सव समापन गरिने विद्यालयका प्रधानाध्यापक ईश्वरी सापकोटाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button