पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदामस्थित पहारी कुल संरक्षण समिति कास्कीमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
बैदाम निवासी दण्डपाणि र जमुना पहारीको स्मृतिमा छोरीहरु खरीका पहारी बराल, सेतुदेवी पहारी आचायै र डीलमाया पहारी पौडेलले अक्षयकोष स्थापना गरेका हुन् ।
अक्षयकोष रकम समितिका अध्यक्ष जगतबहादुर पहारीलाई हस्तान्तरण गरिएको छ । अक्षयकोष स्थापनासँगै लक्षित परिवारका सदस्यलाई सहयोगी बन्ने विश्वास व्यक्त गरिएको छ ।
समितिका निवर्तमान अध्यक्ष गोविन्दराज पहारीले लक्षितवर्गमा भइपरिआउने विपत्तिलाई समाधान गरी पठनपाठनमा सहयोग पुर्याउन सकेमात्र कोषको सार्थकता पूरा हुने बताए ।
आर्थिकस्तर कमजोर भएका पहारी भाइबन्धुको आर्थिकस्तरमा सहयोग पुर्याउन निवर्तमान अध्यक्ष पहारीले ६ बर्षअघि कोष स्थापना गरेका थिए । कोषमा ४३ लाख रुपैया जम्मा भइसकेको कोषाध्यक्ष प्रेमराज पहारीले जानकारी दिए ।
समितिका अध्यक्ष पहारीले कोषको रकम सदुपयोग गर्दै लक्षितवर्गमा पु¥याउने प्रतिबद्धता जनाए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution