पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा कास्कीका संस्कार कोइराला मनोनित भएका छन् ।
नेपाली कांग्रेससभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा रहेको नेविसंघ केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा कोइरालासहित ४१ जना नयाँ सदस्य थप गरेका हुन् ।
यस्तै, पर्वतका प्रदीप शर्मा, तनहुँका प्रवीण कैनी, लमजुङका इन्जिनियर सुदीप अधिकारी र प्रवीनराज कँडेल, स्याङ्जाका झिमलाल चापागाईँ पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
यसैगरीm दीपकराज ओझा (कैलाली), अशोकसिंह विष्ट (कञ्चनपुर), विनोदकुमार शाही (दैलेख), किरण नेपाली (नुवाकोट), गणेशबहादुर शाही र सिद्धराज जोशी (अछाम), सोमराज मल्ल (डोल्पा), एरिका ढकाल र निश्चल घिमिरे (मोरङ), कविराज शाही (मुगु), बलराम खड्का (बारा), भावना रिजाल (पाँचथर), अमृत उप्रेती र अनिता सापकोटा (काभ्रे) रहेका छन् ।
यस्तै, आशीष बर्मा (बाँके), प्रज्ज्वल महत (जुम्ला), कविता वन (खोटाङ), रामजी बस्नेत (रामेछाप), देउमान लोङ्वा (ताप्लेजुङ), अमितकुमार साह (सिरहा), करुणासागर सिग्देल (सिन्धुपाल्चोक), रवि योगी (सुर्खेत), डम्मर साउद र मङ्गल रावत (बाजुरा) र डण्डीराज जोशी, सुमित बोहरा र लोकेन्द्र बडैला (कैलाली) रहेका छन् ।
यसैगरी निराजन बटला (अछाम), असितमान श्रेष्ठ (काठमाडौँ), खेम राउत (उदयपुर), आशिषचन्द्र न्यौपाने (भोजपुर), आकाश उप्रेती (चितवन), दीप जैसी (अछाम), दिलीप आचार्य (दाङ), रामचन्द्र महरा (बैतडी) लाई मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution