जंगलमा आगो लगाउनेलाई कडा कार्वाहीको चेतावनी

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले जंगलमा आगो लगाउने व्यक्तिको पहिचान भएमा त्यस्ता व्यक्तिलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।

प्रशासनले मंगलबार एक सूचना प्रकाशित गरी यस्तो चेतावनी दिएको हो । साथै प्रशासनले कोही कसैले जंगलमा आगो लगाउने कार्य गरेको पाइएमा सूचना दिन आग्रह गरेको छ ।

सुख्खायाम सुरु भएसँगै जिल्लाभरका जंगलमा डढेलाका घटना घटिरहेको भन्दै प्रशासनले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

कतै आगो लागेको देखेमा वन कार्यालय र सुरक्षा निकायलाई खबर गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button