दासढुंगामा सवारी दुर्घटना, एक युवकको मृत्यु

  • पोखरा न्यूज
  • २०८० चैत्र ७
दासढुंगामा सवारी दुर्घटना, एक युवकको मृत्यु

चितवन । चितवनको दासढुंगामा आज बिहान सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं २९ का ३२ वर्षीय सोमलाल लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिन-नारायणगढ सडक खण्डको दासढुंगामा ना५ख ७६४ नम्बरको ट्रक र ना५५प ८१९९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस