पोखरा । धादिङ त्रिपुरा बाराही महिला समूहले पोखरा-१२ काहुँभञ्ज्याङस्थित मदर टेरेसा होममा आश्रित ज्येष्ठ नागरिकलाई सहयोग गरेको छ ।
समूहकी अध्यक्ष बबीता मल्ल इटनीको नेतृत्वमा होममै पुगेको टोलीले कपडा, खाद्यान्न र फलफूल सहयोग गरेको हो ।
सबै सामग्री ३५ हजार रुपैयाँ बराबरको रहेको अध्यक्ष मल्लले बताइन् । स्थापना दिवसको अवसर पारेर उक्त सहयोग गरिएको समूहकी सहकोषाध्यक्ष एव संयोजक रेञ्जु थापाले बताइन् ।
समूहकी अध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रचना अधिकारीले गरेकी थिइन् ।
समूहले स्थापनाकालदेखि नै यस्तो प्रकारको रचनात्मक कार्य गर्दै आएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution