बास्केटबल संघ गण्डकीमा धोजकुमार

पोखरा । गण्डकी प्रदेश बास्केटबल संघको अध्यक्षमा धोजकुमार गुरुङ निर्वाचित भएका छन् ।

संघको पोखरामा भएको भेलाले गुरुङलाई सर्बसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । गुरुङ प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्षसमेत हुन् । उनी यसअघि कास्की जिल्ला बास्केटबल संघ अध्यक्ष थिए ।

संघको उपाध्यक्षद्वयमा किरण सापकोटा र कौशल्या गुरुङ, महासचिवमा विष्णुकुमार गुरुङ, सचिवमा सतिश राई र कोषाध्यक्षमा दिलीप गुरुङ छन् ।

यसैगरी कार्यसमिति सदस्यमा जगत राना, सोनाम गुरुङ, शौरभ केसी, विशाल राना, मिलन पाइजा पुन, प्रदीप रसाइली, कृपाश्वर गुरुङ र कृष्णकुमार श्रेष्ठ छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button