पोखरामा पारा खेलकुद सुरु

पोखरा । पोखरामा पारा खेलकुद बुधबार सुरु भएको छ । प्रतियोगिताका पहिलो दिन मनोसामाजिक अपांगता, बौद्धिक अपागंता र अटिजम अपांगता गरी तीन इभेन्टका खेल भए ।

मनोसामाजिक अपांगता म्यूजिकल चियरमा विपना तामाङ प्रथम, मनीषा भुसाल द्वितीय, सुजिता परियार तृतीय र ऋतु मजाकोटी चौथो भए । विजेताले क्रमशः पाँच हजार, तीन हजार, एक हजार पाँच सय नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी बौद्धिक अपागंता ८ देखि ११ वर्ष उमेर समूह ५० मिटर दौडमा पुरुषतर्फ विप्सन रोका र अरव जेटी र प्रिन्स गुरुङ क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदा महिलातर्फ गुराँस रम्तेल, सुहानी बराल र प्रज्ञा कार्की पहिलो, दोस्रो र तेस्रो भए ।

यसैगरी बौद्धिक अपागंता ११ देखि १५ वर्ष उमेर समूह एक सय मिटर दौडमा पुरुषतर्फ सानु रिजाल पहिलो, प्रशान्त गुरुङ दोस्रो र तेजप्रसाद अधिकारी तेस्रो भए । महिलातर्फ दीपशिखा श्रेष्ठ पहिलो, अनिशा कुमाल दोस्रो र प्रतिभा पौडेल तेस्रो भए ।

यस्तै, अपागंता १६ वर्ष उमेरमाथि दुई सय मिटर दौडमा पुरुषतर्फ सागर शेरचन पहिलो, शिशिर पौडेल दोस्रो र मिलन गुरुङ तेस्रो हुँदा महिलातर्फ एक सय मिटर दौडमा ऋतु गुरुङ पहिलो, हेलेन श्रेष्ठ दोस्रो र प्रकृति केसी तेस्रो भए ।

अटिजम अपागंता दौड सिकाइ समूह तीनदेखि पाँच पुरुषतर्फ रिजन आचार्य, प्रतीक अधिकारी र सागर गुरुङ महिलातर्फ आध्या अधिकारी, सुविना अधिकारी र शर्मिला गिरी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

सोही इभेन्ट सिकाइ समूह छ देखि १० तर्फ पुरुषतर्फ सञ्जीव कुँवर, रेगम गुरुङ र सिजन गुरुङ तथा महिलातर्फ प्रयुश लामिछाने, प्रियन्स भण्डारी र निमेश पौडेल क्रमश पहिलो, दोस्रो र तेस्रो भए ।

सिकाइ समूह १० माथि सुभन गुरुङ, अनुकूल लम्साल र आर्यान खत्री तथा महिलातर्फ प्रान्जली घिमिरे, आध्या अधिकारी र सर्लिन गिरी पहिलो, दोस्रो र तेस्रो भए ।

पहिलो दिनको प्रतियोगितामा करिब ८० खेलाडी सहभागी थिए । १० चैतमा क्रिकेट महिला पुरुष, ह्विल चियर बास्केटबल, ह्विलचियर टेबुल टेनिस, भलिबल, ब्याडमिन्टन र बोसियाका खेल सञ्चालन हुने संयोजक अमृत बरालले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button