पोखरा । पोखरास्थित गण्डकी मेडिकल कलेज (जीएमसी) ले सशस्त्र प्रहरी र तिनका परिवारलाई उपचारमा छुट दिने भएको छ ।
यसका लागि सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वाटर कालिका गण र गण्डकी मेडिकल कलेजबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा गणपति सशस्त्र प्रहरी उपरीक्षक अरुणकुमार शर्मा र जीएमसीका प्रिन्सिपल डा. रवीन्द्रप्रसाद श्रेष्ठ हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार गण्डकी प्रदेशमा कार्यरत सबै सशस्त्र प्रहरी तथा उनीहरुका परिवारजन, गण्डकी प्रदेशभित्र बसोबास गर्ने अवकाश प्राप्त सशस्त्र प्रहरी तथा परिवारजन र अमर सशस्त्र प्रहरीहरुका आश्रित परिवारजनलाई जीएमसीको स्वास्थ्य सेवाहरुमा १५ देखि शत्प्रतिशतसम्म स्वास्थ्य सुविधामा छुट उपलब्ध गराउनेबारे सम्झौता भएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution