पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ ले युवा लक्षित नेतृत्व विकास र डिजिटल साक्षरता तालिम आयोजना गर्यो । चार दिवसीय तालिममा १६ जना प्रशिक्षार्थी सहभागी थिए ।
तालिममा वडाध्यक्ष रामबहादुर गुरुङले पछिल्ला समय युवापुस्ता मोवाइल तथा कम्प्युटरको प्रयोगमा अभ्यस्त हुँदै गएको दावी गरे ।
उनले इन्टरनेटको सही सदुपयोग गर्दै पर्यटकीय गाउँ तथा स्थानीय उत्पादनको डिजिटल माध्यमबाट प्रवर्द्घन गर्न तालिम महत्वपूर्ण हुने बताए ।
वडाभित्रका सामुदायिक विद्यालयका शिक्षक, पर्यटन तथा कृषि क्षेत्रमा आवद्ध डिजिटल माध्यममा चासो र सक्रिय युवालाई ध्यानमा राखेर नेतृत्वसंगै डिजिटल साक्षरता तालिम आयोजना गरिएको उनले स्पष्ट पारे ।
वडासदस्य चोकप्रसाद दाहालले निरक्षर नागरिकलाई साक्षर बनाउन राज्यले पढ्न नपाएकालाई प्रौढ शिक्षा दिएजस्तै डिजिटल साक्षर बनाउन राज्यले लगानी गर्नुपर्ने उनले बताए ।
सहजकर्ता सञ्चारकर्मी मधु अधिकारीले आधुनिक युगमा प्रविधिको सही सदुपयोग गर्न डिजिटल साक्षरता तालिम प्रमुख आवश्यक्ता भइसकेको बताए । उनले स्थानीय तहमा डिजिटल साक्षरता तालिमको सुरुवात गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
प्रशिक्षार्थी अंकिता दाहालले तालिम निकै प्रभावकारी भएको र सिकेका कुरालाई व्यवहारमा लागू गर्ने बताइन् । कार्यक्रममा वडासचिव विष्णु भट्टराई, प्रशिक्षार्थी प्रतिमा गुरुङ र प्रदिप गुरुङले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution