नेपाल परोपकार महासंघका अध्यक्ष गौतम पुरस्कृत

पोखरा । राष्ट्रिय परोपकार महासंघ नेपालका संस्थापक अध्यक्ष भागवत् भाष्कर पं. कमलनयन गौतम पुरस्कृत भएका छन् । उनी एक लाख एक हजार रुपैयाँ राशिको शिक्षा पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङस्थित हेरम्वप्रसाद–पार्वती कोइराला शिक्षा प्रतिष्ठान गौतमले पुरस्कृत गरेको हो ।

सो अवसरमा बाराही मावि, धर्मस्थली आधारभूत विद्यालय र पोखरा चिसाखोला विद्धाश्रमका उत्कृष्ट छ जना विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले संस्कृत शिक्षाको महत्व बढ्दै गइरहेको दावी गरे ।

पुरस्कृत व्यक्तित्व प. गौतमले मानिसले आफ्नो व्यवहार र आचारण सुधार गर्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका अध्यक्ष रमेशप्रसाद कोइराला, उपाध्यक्ष डा. भोजराज न्यौपाने, समाजसेवी कमल कोइराला, मूल्यांकन समिति संयोजक रवीन्द्र माकाजु, बाराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारीलगायतले कार्यक्रममा बोलेका थिए ।

उनीहरुले शिक्षा तथा संस्कृतिको क्षेत्रमा हेरम्वप्रसाद कोइरालाको भूमिका अनुकरणीय रहेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button