लेखनाथमा खेल महोत्सवः फुटबलको उपाधिका लागि आदर्श र एलसी भिड्ने

पोखरा । पोखराको लेखनाथमा जारी खेल महोत्सवअन्तर्गत फुटबल उपाधिका लागि आदर्श युवा क्लब र एलसी ब्रदर्स भिड्ने भएका छन् । उपाधि भिडन्त शनिबार हुनेछ ।

बिहीबार सम्पन्न सेमिफाइनलमा आदर्शले सहारा क्लबलाई र एलसी बदर्शले आरएस फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।
उपाधि विजेताले तीन लाख तीन हजार र उपविजेताले एक लाख ७७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीले संयुक्तरुपमा खेल महोत्सव आयोजनामा गरेको सूर्यतारा क्लबका अध्यक्ष एवं महोत्सव संयोजक विष्णु पुनले जानकारी दिए ।

खेल महोत्सवमा विभिन्न आठ विधाका प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । जसमा जिल्ला स्तरीय लोकदोहोरी गीत प्रतियोगितामा ९ टिम सहभागी छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले ३३ हजार, दोस्रोले २२ हजार, तृतीयले ११ हजार र सान्त्वना हुनेले पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button