नाबालिकालाई करणी गरेको आरोपमा प्रदिप कारागार चलान

पोखरा । गोरखा जिल्ला अदालतले नाबालिकालाई पटकपटक कारणी गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि कारागार पठाएको छ ।

भरतपुर महानरपालिका वडा नं. १८ घर भई हाल काठमाडौं बालुवाटार बस्दै आएका ३२ वर्षीय प्रदिप लामा लोप्चनलाई चैत ७ गतेको अदालतको फैसलाले कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार लोप्चनले माग २१ गते १२ वर्षकी बालिकालाई ललाईफकाई काठमाडौंबाट भगाएका थिए । उनले फागुन १ देखि ६ गतेसम्म गोरखाको पालुङटार वडा नं. ५ स्थित एक होटलमा बालिकालाई राखेर पटकपटक करणी गरेका थिए ।

त्यसपछि बालिकाका परिवारजनले जिल्ला प्रहरी परीसर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र कालीमाटी काठमाडौंमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा फागुन १४ गते लोप्चन काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रहरीले पक्राउ परेका लोप्चनलाई गोरखा ल्याएर जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button