स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आयोजनामा दुई दिने ध्यान, योग, प्रणायम, नस्य तथा जलनेती क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाको सहयोग एवं समन्वयमा भएको हो ।
कार्यक्रममा जिल्लास्थित सबै प्रहरी र ट्राफिक प्रहरी सहभागी थिए । प्रहरीको शारीरिक र मानसिक स्वास्थ्य लाभ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमले व्यवसायिक कार्य क्षेत्र तथा व्यक्तिगत जीवनका कारण सृजना हुने नकारात्मक सोच, पीर, चिन्ता एवं तनाव न्यूनीकरण भएको विश्वास व्यक्ति गरिएको छ ।
स्याङ्जा प्रहरी प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्माले कार्यक्रमले शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त रही विचार, व्यवहार र कार्यशैलीमा सकारात्मक परिवर्तन गर्ने विश्वास व्यक्त गरे ।
योग प्रशिक्षक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाका प्रमुख डा. रामप्रमोद मण्डलले व्यवसायिक कार्य क्षेत्रमा उच्च मनोवलका साथ कार्य सम्पादनमा प्रभावकारिता कायम राख्न पनि कार्यक्रम फलदायी भएको बताए । कार्यक्रममा ७५ जना प्रहरी सहभागी थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution