पोखराको सर्वेश्वर मार्गका व्यवसाय शनिबार पनि खुल्ने

पोखरा । पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्ग (पंथीगल्ली) का व्यवसाय शनिबार पनि खुल्ने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसाय अबदेखि शनिबारपनि खुल्ने भएका हुन् ।

कोरोना महामारी, आर्थिक मन्दी, बैंक ब्याजदरलगायतका कारण व्यापारमा आएको मन्दीका कारण परेको असरलाई मध्यनजर गर्दै सर्वेश्वर व्यवसायी समितिले अबदेखि सातामा सातै दिन व्यवसाय खोल्ने निर्णय गरेको जनाएको छ ।

शनिबार नखुल्दा पोखरा आसपाससँगै छिमेकी जिल्लाहरु स्याङ्जा, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, म्याग्दी, मनाङ, मुस्ताङ, रुर्वी रुकुम र पश्चिम रुकुमलगायतका जिल्लाबाट थोक तथा खुद्रा सामानहरु खरिद गर्न आउने ग्राहकहरु मारमा परेकाले उनीहरुलाई सहज बनाउन पनि शनिबार व्यवसाय खुल्ला गर्ने निर्णय गरिएको अध्यक्ष तुलबहादुर थापाले जानकारी दिए ।

व्यवसाय खुल्ला गर्ने निर्णय गरिएपनि बाध्यकारी नभएको उनको भनाई छ । हाम्रो आग्रह खोल्नूस् भन्ने हो,उनले भने,‘यो स्वेच्छिक हो । यदि कसैले खोल्दिन भन्छ भने त्यो उसको अधिकार हो, नखोल्न सक्नुहुन्छ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button