पोखरा । नेपाली लेखक संघ गण्डकीको आयोजनामा सञ्चालन हुँदै आइरहेको ‘दौंतरी कविता’ शृङ्खला अन्तर्गत युवा कविद्वय सञ्जीव पौडेल र अल्पज्ञानीका कविता वाचन कार्यक्रम पोखरामा सम्पन्न भयो ।
कार्यक्रममा कवि सञ्जीव पौडेलको कविता संग्रह ‘जुन ओर्लेको रात’ विमोचन गरिएको थियो । पुस्तक वरिष्ठ कविद्वय सरुभक्त, तीर्थ श्रेष्ठ, लोकगायिका हरिदेवी कोइराला र पौडेलका पिताजीले सयुंक्तरुपमा लोकार्पण गरेका थिए ।
संस्थाका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले कवि अमृत क्षेत्रीलाई सहजकर्ताको जिम्मेवारी सुम्पिएका थिए ।
सहजकर्ता अमृत क्षेत्रीले कविद्वय सञ्जीव र अल्पज्ञानीका अन्तरङ्ग कुराकानी, विगतका संघर्षका स्मरण गराएका थिए ।
कार्यक्रममा कविद्वयले आफ्ना कविताहरु वाचन थिए । कवि अल्पज्ञानीले आफ्नोे पुस्तक ‘उज्यालो पर्खिरहेको मानिस’ को विमोचन गर्ने जानकारी दिए ।
संस्थाले आगामी शृङ्खलामा कवि तथा लोकगायिका हरिदेवी कोइराला र कवि सरस्वती श्रेष्ठ सरुलाई उभ्याउने जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution