पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ काँडेस्थित एक घरबाट ठूलो परिमाणको धनमाल चोरी भएको छ । वराहथानकी पुष्पा गुरुङको घरबाट २२ तोला सुनका गरगहना, ५० हजार नगदसमेत चोरी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार घरभित्रको तीन वटा दराज र एउटा बाकससमेत फोडेर लुटपाट भएको छ ।
यसैगरी घरमा रहेका क्यामेरा, टेलिभिजन सेट, नयाँ लत्ताकपडासमेत चोरी भएको प्रहरीको भनाइ छ । पुष्पाको परिवार नयाँ घरमा सरेका थिए र चोरी भएका सामग्री पूरानै घरमा थियो ।
शुक्रबार राति पानी परेको तथा नयाँ घरमा बसाइँ सरेको मौका छोपी चोरले पुरानो घर फोडेको प्रहरीको अनुमान छ ।
पीडित पुष्पाले भदौरेतामागी प्रहरी चौकी र वडा प्रहरी कार्यालय बगरमा उजुरी दिएकी छन् । प्रहरीले चोरी सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution