पोखरा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अध्यक्षमा कास्कीका जीतबहादुर गुरुङ निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा मान्यता पाएपछि पहिलो पटक भएको अधिवेशनले गुरुङलाई सर्बसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
प्रदेश समितिको उपाध्यक्षमा भीमबहादुर दूरा र चिज्याँ श्रेष्ठ, सचिवमा क्या. बुद्धिबहादुर थापामगर र नरबहादुर भुजेल निर्वाचित भएका छन् ।
यसैगरी सहसचिवमा चनसुबा छन्त्याल, चेतबहादुर कुमाल र गोपाल भट्टचन निर्वाचित भए ।
सदस्यमा प्रमिला राना मगर गुरुङ, छन्दी गुरुङ, कुमबहादुर गुरुङ, कृष्णा थापा आले, रामजी श्रेष्ठ, तुलसी पुर्जामगर, सनबहादुर रानामगर, इन्द्रबहादुर पुन, हिरा घर्ती, सावित्री भुजेल, धनबहादुर कुमाल, तोत्रोमान गुरुङ, दुर्गाबहादुर गुरुङ छन् ।
यस्तै, हिरादेवी महतो, मोहनहरि श्रेष्ठ, रेशम बाच्येमगर, अमर थापामगर, मनबहादुर गुरुङ, रिम्क गुरुङ, कविता भुजेल, द्रोण छन्त्याल, भीमबहादुर तामाङ र वीरबहादुर दरै पनि सदस्यमा निर्वाचित भएका छन् । सदस्यमध्येबाट कोषाध्यक्ष पछि छानिनेछ भने ८ जना सदस्य मनोनित हुनेछन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution