|फाइल तस्वीर ।
पोखरा । पहाडी तथा हिमाली क्षेत्रमा आइतबार फागुपूर्णिमा पर्व मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागुपूर्णिमा मनाइन्छ ।
यस दिनमा विशेष रूपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रूपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाचगान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ ।
किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नाम एक क्रुर राक्षस थिए । उनी नास्तिक भएका कारण भगवान्को लीलामा विश्वास गर्दैनथे । उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुको परम भक्त थिए ।
हिरण्यकश्यपु आफूले आफूलाई बलवान ठान्दथे । तर, उनको पुत्र उनको आराधाना नगरी विष्णु भगवान्को आराधाना गर्दथे । त्यो कुरा उनले सहन सकेन जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए ।
अन्ततः उनको योजनाअनुरुप हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्ग्निकुण्डमा बसाए । तर, अग्नि बस्दा पनि विष्णु भगवानको प्रार्थना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन । उल्टै होलीका भने भस्म भइन् ।
अन्त्यमा, हिरण्यकश्यपुलाई विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । होलीका दहनकै खुसीयाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता छ ।
भोलिपल्ट तराई मधेशमा होलीको रुपमा यो पर्व मनाइँदै छ । फागुपूर्णिमा अवसरमा आइतबार रेवान पोखराले लेकसाइडमा होली महोत्सव गर्दैछ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution