ब्रिटिश आर्मीमा पहिलो गोर्खा मेजर भए डा. सुदर्शन गुरुङ

पोखरा । बेलायतको ईतिहासमा गोर्खाहरु विगत दुईसय आठ वर्षदेखि सेनाको अन्य रैंकमा भर्ती भएर सेवाकालमा अफिसर तहमा पुगेर सेवा निवृत्त हुने गर्दै आएका छन ।

पछिल्लो समयमा गोर्खाली मूलका व्यक्तिहरु डाईरेक्ट ब्रिटिश आर्मीका विभिन्न विभागमा डाईक्ट क्याप्टेन तहसम्म कमिशन प्राप्त गरेर अफिसर तहमा सेवा गर्दै आइरहेका छन् ।

सबैभन्दा पहिले गोर्खा समुदायबाट मेजर तहमा कमिसन प्राप्त गर्ने व्यक्तिको श्रेय डा. सुदर्शन गुरुङलाई प्राप्त भएको छ ।

बुवा सुमलकुमार गुरुङ र आमा सारादेवी गुरुङको कोखबाट पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. ८ चित्रेमा सन् १९८७ सालमा जन्मेका सुदर्शनले सन् २०१० सालमा नेपाल मेडिकल कलेजबाट एमबिबिएस पास गरेर सन् २०१२ मा बेलायत आएर चिकित्सा सेवामा सेवा गर्न थालेका थिए ।

चिकित्सा सेवामा संलग्नता रहे पश्चात एमआरसीपी (एम.डी.तह) त्यसपछि एफआरसिपि ह्यामोटलाजीको कन्सल्ट्यान्ट (विशेषज्ञ) तहको अध्ययन पूरा गरेर चिकित्सा क्षेत्रमा कार्यदक्षता हासिल गर्दै आएका थिए ।

बेलायतको चिकित्सा क्षेत्रमा नेपाली समुदायबाट सबैभन्दा कम उमेरमा केन्टस्थित मिडवे अस्पताल, जिलिंगहाममा क्यान्सर विभाग प्रमुख हुने श्रेय पनि डा. सुदर्शनलाई जान्छ ।

कलिलै उमेरदेखि आफ्नो अध्ययन र सेवामा दत्तचित्त भई अघि बढिरहेका मेजर डा. सुदर्शनले चिकित्सा क्षेत्रमा धेरै कल्याणकारी काम गरिसकेका छन ।

नेपालको महाभूकम्पको बेला डा. कपिल रिजालसहित डाक्टरको समूहमा अघिल्लो पंंक्तिमा उभेका डा. सुदर्शनले बेलायतमा स्वास्थ्य शिविरको कार्यक्रममा सक्रिय भूमिका निभाउँदै आएका छन् ।

आफ्नै प्रयासमा केही आर्थिक रकम संकलन गरेर नेपालको मुसहर बस्तीमा स्वास्थ्य शिविरको आयोजना गरेर गरिब निमुखाका लागि निःशुल्क सेवा र दवाईपानी उपलब्ध गराएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button