|प्रतीकात्मक तस्बिर
पोखरा । पपुवा न्यू गिनीमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ९० वटा घरमा क्षति पुगेको स्थानीय अखबार पोस्ट कुरियरले जानकारी दिएको छ ।
यूएस जियोलोजिकल सर्भेका अनुसार स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेर २२ मिनेट जाँदा देशको उत्तरी भागमा ६ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा ४ दशमलव २ किलोमिटर तल रहेको थियो ।
देशका अन्य क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । पूर्वी सेपिक प्रान्तसहित अम्बुन्ती र वेवाकमा समेत धक्का महसुस भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution