पोखरा । नेपालले टी-ट्वान्टी क्रिकेट आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको छ । आयरल्याण्ड वोल्भ्सले दिएको एक सय २२ रनको लक्ष्य नेपालले १६दशमलव १ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको थियो ।
नेपालको जितमा कुशल भुर्तेलले अविजित ३७, सन्दीप जोराले ३६, दिपेन्द्र सिंह ऐरीले अविजित २० तथा आसिफ सेखले १६ रन बनाए ।
यसअघि खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दै आयरल्याण्डलाई एक सय २१ रनमै रोकेको थियो । आयरल्याण्डले सबै विकेट गुमाएर २० ओभरमा एक सय २१ रन बनाएको हो । स्टेफेन डोहेन्रीले ३९ बलमा ४६ रन जोडे ।
नेपालका लागिकुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले समान दुई-दुई विकेट लिए । करण केसी र कुशल मल्लले एक-एक विकेट लिए ।
नेपाली राष्ट्रिय टिमले आयरल्याण्ड एसँग सोमबार र मंगलबार गरी दुई टी-ट्वान्टी खेल खेल्दैछ ।
त्यसपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-ट्वान्टी फ्रेन्डशिप कप खेल्दै छ ।
मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-ट्वान्टी कप त्रिकोणीय श्रृंखला हुने छ । नेपालले आगामी टी-ट्वान्टी क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डशिप कप खेल लागेको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution