पोखरा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं सरकारका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन पुगेको तीन दिन भएको छ ।
श्रेष्ठ चीनमै रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेल पनि आज चीन प्रस्थान गरेका छन् ।
चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल चीन गएको बताइएको छ ।
यद्यपि पछिल्लो समय सँगै सत्ता सहयात्रा गरिरहेका अवस्थामा नेपालका दुई ठूला कम्युनिष्ठ पार्टीका उच्च नेता चीन पुग्नुलाई राजनीतिक वित्तका महत्वका साथ हेरिएको छ ।
बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हुनेछ । उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्ने जनाइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution