कास्की-२४ मा दोस्रो वडाध्यक्ष कप, उपाधि सिर्जनशील क्लब ग्रीनलाई

पोखरा । कास्की-२४ बासकोटमा जारी दोस्रो सेभेन ए साइड वडाध्यक्ष कपको उपाधि सिर्जनशील क्लब ग्रीनले हात पारेको छ ।

फाइनल खेलमा लामागाउँ एफसी ए लाई पेनाल्टी सुटआटमा हराउँदै नगद ५० हजार नगद पुरस्कार प्राप्त गर्यो । दोस्रो भएको लामागाउँले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो ।

कार्यक्रम समापनमा पोखरा-२४ कास्कीकोटका वडाध्यक्ष भरतबहादुर अधिकारीले कास्कीकोटले राम्रो खेलाडी उत्पादन गरिरहेको बताए ।

उनले बासकोट खेलमैदानको भौतिक निमार्णमा अझै वडाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

विकास भनेको बाटो घाटो मात्र भन्ने सोँच रहेको भन्दै वडाध्यक्ष अधिकारीले स्वास्थ्यका लागि खेलमा गरेको लगानी पनि विकास नै भएको बताए ।

चैत ९ देखि सञ्चालन भएको वडाध्यक्ष कपमा पोखरा-२३, २४ र १८ वडाका २० टिमको सहभागिता थियो ।

फागुपूर्णिमाको अवसर पारेर सिर्जनशील क्लबले प्रतियोगिता आयोजना गरेको थियो ।

आगामी बर्ष पनि प्रतियोगिता आयोजना गर्ने क्लबका अध्यक्ष शिव जिसीले बताए ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर सिर्जनशीलका आशिष दवाडीले हात पारे ।

सर्वाधिक गोलकर्ता भीम गौतम, सर्वोत्कृष्ट खेलाडी लामागाउँका सरोज तामाङ घोषित भए ।

अनुशासित टिमको पुरस्कार फेवा क्लब पामेले प्राप्त गरेको छ ।

प्रतियोगिताको बचत रकम बासकोट खेल मैदान निमार्णमा खर्च गरिने क्लबले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button