नेपाल बहराइनसँग फेरि पराजित

पोखरा । विश्वकप छनोट अन्तरगत दोस्रो लेगको खेलमा पनि नेपाल बहराइनसँग फेरि पनि पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा नेपाल ३-० गोल अन्तरले पराजित भएको हो ।

बहराइनको जीतमा सायेद महदी बाकेर, अब्दुल्लाह युसुफ हेलाल र कामिल अल-असवादले एक-एक गोल गरे ।

यसअघि गत बिहीबार खेलिएको बहराइनविरुद्धको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाली टोली ०-५ गोलको ठूलोअन्तरले पराजित भएको थियो । बहराइनविरुद्धको पहिलो खेलमा प्रारम्भदेखि नै नेपाली टोली निरीह बनेको थियो ।

दोस्रो चरणको विश्वकप छनोटमा नेपाल र बहराइनबिचको एउटा खेल नेपालमा खेलिनु पर्ने थियो ।

तर, दशरथ रङ्गशालाको अवस्था सन्तोषजनक नरहेको कारण देखाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुईवटै खेल बहराइनमै खेल्ने सहमति जनाएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button