चेन्नई । साबिक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा चेन्नईसँग गुजरात टाइटन्स ६३ रनले पराजित भएको हो ।
दुई सय सात रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४३ रन मात्र बनाउन सक्यो ।
गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रनको योगदान दिए । यस्तै, ऋद्धिमन शाह र डेभिड मिलरले समान २१–२१ रन बनाए ।
चेन्नईका लागि दीपक चाहर, मुस्तफिजुर रहमान र तुसार देशपाण्डेले दुई–दुई विकेट लिए भने डेरल मिचेल र माथिसा पथरिनाले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा छ विकेटको क्षतिमा दुई सय छ रन बनाएको थियो ।
प्लेयर अफ द म्याच घोषित शिवम दुवेले २३ बलमा ५१ रनको विस्फोटक इनिङ्स खेले । उनले दुई चौका र छ छक्का हिर्काए ।
यसअघि ओपनरद्वय रुतुराज गायकवाड र रचिन रवीन्द्रले टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
दुवै खेलाडीले समान ४६–४६ रन बनाए । त्यसबाहेक डेरल मिचेलले २४ रनको योगदान दिए ।
गुजरातका लागि रासिद खानले २ तथा साई किशोर, स्पेन्सर जोनसन र मोहित शर्माले एक–एक विकेट लिए । लगातार दोस्रो जीतपछि चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution