पाल्पामा १९ वर्षकी युवतीको बिभत्स तरिकाले हत्या

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं१ ख्याहामा एक युवतीको बिभत्स तरिकाले हत्या भएको छ ।

मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारिलो हतियारले शरीरका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको पाइएको हो ।

रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको हो । उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र चन्दले घटना साँझपख भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बिहानबाट अनुसन्धान सुरू गरिएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button