एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी विजयी

पोखरा । नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीको प्यानल विजयी भएको छ । पार्टीको एघारौं अधिवेशनबाट अधिकारी पक्षको प्यानल विजयी भएको हो ।

अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट अध्यक्षमा पाँच सय ५१ मत प्राप्त गर्दै अधिकारी विजयी भएका हुन् । उनीसँगै प्रतिस्पर्धा गरेका माधव बास्तोलाले तीन सय ४७ मत प्राप्त गरे ।

अध्यक्षमा विवेक त्रिपाठीले पनि प्रतिस्पर्धा गरेका थिए । उनले जम्मा १७ मत प्राप्त गरे । मत परिणाम औपचारिक घोषणा हुन भने बाँकी छ ।

यसैगरी उपाध्यक्षमा भेषराज बराल पाँच सय २७, सचिवमा दर्शन लामा पाँच सय ९५, उपसचिवमा लालबहादुर परियार पाँच सय ८१ मत प्राप्त गरी विजयी भए । यस्तै उपसचिव महिलामा पाँच सय १० मतका साथ सन्तुदेवी सुवेदी विजयी भएकी छन् ।

अध्यक्षमा विजयी भएका अधिकारीले विजयीको नारा जुलुस नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले यो नितान्त पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा भएको भन्दै कुनै नारा जुलुस नगर्न निर्देशन दिएका हुन् ।

उनले यो चुनावलाई सामान्य रुपमा लिन आग्रह गर्दै निर्वाचनमा सहभागी सबैलाई धन्यवाद दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button