पोखरा । युवा कवि सञ्जीव पौडेलको ‘जून ओर्लेको रात’ कविता सङ्ग्रह बजारमा आएको छ ।
पोखरामा रहेर विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील पौडेलको यो दोस्रो साहित्यिक कृति हो ।
यसअघि उनको २०७४ सालमा ‘यानी’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो । कविता संग्रहमा प्रकृति, संस्कृति, राजनीतिक एवम् सामाजिक विसङ्गतिलगायत मानवीय संवेदनाका विविध पक्ष समेटिएका ५७ ओटा कविता प्रस्तुत गरिएको छ ।
समाजको विद्यमान विकृति विसङ्गतिलाई उल्लेख गर्दै ‘जून ओर्लेको रात’ को ‘शिक्षा’ शीर्षकको कवितामा उनी घन्छन्,
“मेरो छोरो
सन्तुलित आहार पढ्छ किताबमा
र भान्छामा
असन्तुलित आहारा खान्छ ।
मेरी छोरी
पढ्छे शारीरिक व्यायाम
तर
सुत्छे घाम तन्नेरी भएसम्म ।।”
कविता, गीत, गजल, मुक्तक, निबन्ध, कथालगायत साहित्यिक विधामा कलम चलाउने पौडेल समालोचनाका क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् ।
पोखरेली साहित्यको विकासका लागि सञ्चालित ‘पुछारसिटे’ अभियानका संयोजकसमेत रहेका पौडेल नेपाली लेखक सङ्घ गण्डकी प्रदेशको महासचिव हुन् ।
पौडेलको यो कृति अम्बर पब्लिकेसन, नयाँदिल्लीले प्रकाशन गरेको हो । नेपालमा पुस्तकको वितरण व्यवस्थापन माया पब्लिकेसनले गरेको छ । कूल एक सय पाँच पृष्ठमा समेटिएको कृतिको मूल्य रु दुई सय ७५ रहेको छ ।
पोखरामा रहेर २ दशकभन्दा बढी समयदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील पौडेल पेसाले शिक्षक हुन् ।
कविता, गीत, गजल, मुक्तक, निबन्ध, कथालगायतका साहित्यिक प्रभेदमा सिर्जनात्मक कलम चलाउने उनी समालोचनाका क्षेत्रमा पनि उत्तिकै दख्खल राख्छन् ।
त्यसबाहेक समसामयिक विषयका अखबारी लेखनमा पनि सञ्जीवको कलम चल्दै आएको पाइन्छ ।
जून ओर्लेको रात उनको दोस्रो साहित्यिक कृति हो । यसअघि वि.सं. २०७४ सालमा उनको पहिलो कृति ‘यानी’ मुक्तकसङ्ग्रह प्रकाशित छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution