ह्वात्तै बढ्यो सुनको भाउ

पोखरा । सुनको भाउ बिहीबार एक्कासि तोलामा एक हजार एक सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा एक हजार एक सय रुपैयाँ बढेर एक लाख २७ हजार नौ सय पुगेको छ । बुधबार एक लाख २६ हजार आठ सयमा किनबेच भएको थियो ।

त्यसैगरी तेजाबी सुन तोलामा एक लाख २७ हजार तीन सय रुपैयाँ पुगेको छ । बुधबार एक लाख २६ हजार दुई सय थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा २० बढेर एक हजार पाँच सय १० रुपैयाँ पुगेको छ । बुधबार एक हजार चार सय ९० रुपैयाँ थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button