आज महालक्ष्मीको प्रिय दिन, लाभ र अमृत बेला परेको छ, राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८० चैत १६ गते शुक्रबार, इस्वीसंवत मार्च २९ तारिक सन् २०२४, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रकृष्णपक्षको चतुर्थी तिथि दिनमा ४ः५१ बजेसम्म त्यसपछि पञ्चमी तिथि लाग्नेछ । नक्षत्रमा विशाखा दिनमा ४ः५३ मिनेटसम्म त्यसपछि चित्रा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वरियान ३९ घटि ०७ पलासम्म त्यसपछि व्यतिपात योग लाग्नेछ । करणमा बब अहोरात्र रहनेछ । आनन्दादि योगमा स्थिर रहनेछ ।

सूर्य मीन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३० घटि ५० पला अर्थात १२ घण्टा २२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः०२ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः१९ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा ९ः०८ बजे र अस्ताउने समय भोलि बिहानमा ७ः०५ बजे रहेको छ ।

आजको राशिफल

मेष : आज पनि समय शुभ रहनेछ । धन आर्जनको विशेष अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । पछिसम्म फाइदा हुने काम हातलागी हुनेछ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । दिगो योजना प्रारम्भ गर्ने समय छ । श्रमको उचित मूल्य प्राप्त हुनेछ । सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ । प्रतिक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ ।

वृष : आज पनि समय अत्यन्तै खराब छ । विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला । आफ्नै कमजोरीले चिन्ता बढाउन सक्छ। परिस्थिति अलि संघर्षपूर्ण रहला । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ नदिन सक्नेछन् । सतर्क हुन आवश्यक छ ।

मिथुन : आज पनि समय राम्रो छ । समयले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर र सफलताले पछ्याउनेछन् । टाढिएका शुभचिन्तकहरू नजिकिनाले प्रसन्नता मिल्नेछ । धार्मिक र सेवामूलक काममा सहभागी भइनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । समय सही सदुपयोग गर्नुहोला ।

कर्कट : आज पनि समय खराव रहनेछ । आज व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । तनावमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ । समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको चाप पनि बढ्ने देखिन्छ ।

सिंह : आज समय शुभ छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि मिहिनेत गर्दा प्रशस्त धन आर्जन हुने समय छ ।

कन्या : आज पनि समय मध्यम खालको छ । वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । आक्षेप लगाउनेहरूले दुःख देलान् । मानसम्मानमा आघात पुग्न सक्छ । तापनि, शुभचिन्तकहरूको माध्यमबाट स्थितिमा सुधार आउनेछ ।

तुला : आज पनि स्वास्थ्य राम्रो छैन । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूका काममा धेरै समय खर्चनुपर्ला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । बाध्यताले अलमल्याउन सक्छ । पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ ।

वृश्चिक : आज पनि परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ला । टाढाको यात्रा गर्ने अवसर भने प्राप्त हुन सक्ने देखिन्छ ।

धनु : आज पनि समय राम्रै रहनेछ । नोकरीमा प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घर परिवार तथा आफन्तहरु खुसी हुँनेछन् । व्यापार व्यावसायमा लगानी गरि मनग्गे आम्दानी हुँने योग रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

मकर : आज पनि स्वास्थ्य राम्रो रहनेछ । न्यायिक निर्णय तथा कानुनी फैसलाहरु तपाईकै पक्षमा आउँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुँनाले थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेम झन् कसिलो भएर जानेछ ।

कुम्भ : आज पनि समय खराब नै रहनेछ । समय अनुकुल नहुनाले आमा तथा परिवारका सदस्यहरु तपाईदेखि टाढिन सक्छन्, ध्यान दिनुहोला । विद्यार्थीहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउन गाह्रो पर्नेछ । राजनीति तथा समाजसेवामा अलि बढी गम्भीरता अपनाउनुहोला किनकि आलोचना गर्नेहरु सक्रिय रहनेछन्, सतर्क हुनुहोला ।

मीन : आज समय खराब रहनेछन् । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, नराम्रा घट्ना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारी धनको सहि परिचालन गर्न नसक्दा आम्दानीका बाटाहरु साँघुरा हुँनेछन् । पढाई लेखाई तपाइँ आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुँने हुँदा अरु प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । प्रेममा एक अर्का बिच बैमनस्यता बढेर जाने योग रहेकोछ भने जीवन साथीसँग अविश्वास बढेर जानेछ ।

साइतः सूर्य मीन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, पूर्व र उत्तरतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः०६ बजेदेखि     ७ः३७ बजेसम्म   चर बेला

बिहान ७ः३७ बजेदेखि    ९ः०८ बजेसम्म    लाभ बेला

बिहान ९ः०८ बजेदेखि    १०ः३९ बजेसम्म   अमृत बेला

बिहान १०ः३९ बजेदेखि    १२ः१० बजेसम्म  काल बेला

मध्यान्ह १२ः१० बजेदेखि    १ः४२ बजेसम्म   शुभ बेला

दिनमा १ः४२ बजेदेखि    ३ः१३ बजेसम्म     रोग बेला

दिनमा ३ः१३ बजेदेखि    ४ः४४ बजेसम्म     उद्धेग बेला

दिनमा ४ः४४ बजेदेखि    ६ः१५ बजेसम्म     चर बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः१५ बजेदेखि    ७ः४४ बजेसम्म   लाभ बेला

साँझ ७ः४४ बजेदेखि    ९ः१२ बजेसम्म    अमृत बेला

राति ९ः१२ बजेदेखि    १०ः४१ बजेसम्म    काल बेला

राति १०ः४१ बजेदेखि    १२ः१० बजेसम्म   शुभ बेला

राति १२ः१० बजेदेखि    १ः३९ बजेसम्म    रोग बेला

राति १ः३९ बजेदेखि     ३ः०७ बजेसम्म    उद्धेग बेला

रातिमा ३ः०७ बजेदेखि   ४ः३६ बजेसम्म   चर बेला

बिहानमा ४ः३६ बजेदेखि   ६ः०५ बजेसम्म  लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button