गण्डकीमा तीन दिन बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले २०८१ मा तीन दिन बिदा दिने निर्णय गरेको छ । चैते दसैंका दिन वैशाख ४ गते, भानुजयन्तिका दिन असार २९ गते र कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिइने राजपत्रमा उल्लेख छ ।

संघीय सरकारलेभन्दा प्रदेशले थप बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सरकारले बिदाको सूचना राजपत्रमा समेत प्रकाशन गरिसकेको सचिव तीर्थराज भट्टराईले जानकारी दिए ।

अघिल्ला २ वर्ष प्रदेश सरकार स्थापना दिवसका दिन फागुन ४ मा दिँदै आएको बिदा भने यसपटक कटौती गरिएको छ ।

गण्डकी प्रदेशमा रहेका संघीय सरकारका कार्यालय समेतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा लागू हुने बताइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button