अन्नपूर्ण गाउँपालिकामा भ्रष्टाचारका लागि शून्य सहनशीलता कायम

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले भ्रष्टाचारका लागि शून्य सहनशीलता कायम गरिएको जनाउँदै जनताको करमा गिद्दे नजर नराख्न सबैसँग आग्रह गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अन्नपूर्ण गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धका लागि आयोजना गरेको अन्तरक्रियामा उनले कुनै न कुनै रुपमा देशैभर भ्रष्टाचार भइरहेको जनाए ।

नियमपूर्वक जनताको पक्षमा कार्य गर्न कर्मचारीलाई उनले निर्देशन दिए । उनले गुणस्तरीय कार्य गर्न उपभोक्ता समितिको ध्यानाकर्षण समेत गराए ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका प्रमुख आशमान तामाङले सदाचार तथा निष्पक्षतामा जोड दिए ।

घूस लिने र दिने उत्तिकै दोषी भएको उनको भनाइ थियो । उनले भ्रष्टाचारीलाई बहिष्कार गर्नुपर्ने भन्दै सुशासन निर्माणतर्फ होमिन जनप्रतिनिधि तथा कर्मचारीलाई सुझाव दिए ।

भ्रष्टाचार नियन्त्रण सम्बन्धमा सहजीकरण गर्दै उनले सदाचार, निष्पक्षता, निर्भीकता, जवाफदेहिता, पेशागत विशिष्टता, सिर्जनशीलता, कर्तव्यनिष्ठता, विनम्रता जस्ता विषय आयोगका संस्थागत मूल्य मान्यता भएको जनाए ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले भ्रष्टाचारविरुद्ध जुट्न सबैसँग आग्रह गरिन् । त्यसको निम्ति व्यक्तिगत सोच तथा आनीबानीमै परिवर्तन जरुरी रहेको धारणा राखिन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले भ्रष्टाचार विरुद्ध जुट्नु सबैको अभिभारा भएको उल्लेख गरे ।

राज्यकोषको हिनामिना गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे । आयोगका कम्प्युटर अपरेटर राजुप्रसाद रेग्मीले कार्यक्रम सञ्चाला गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button