लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राइनास नगरपालिका वडा नं. ८ का ३२ वर्षीय अमृतबहादुर अधिकारी रहेका छन् ।
प्रहरीका अनुसार युवकले चैत १२ गते सोमबार बिहान ८ बजेतिर बाटोमा एक्लै हिँडिरहेकी बालिकालाई जबर्जस्ती गर्न खोजेका थिए ।
उजुरीका आधारमा बुधबार अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए ।
अधिकारीबिरुद्ध जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर चपाइँले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution