शुभकामना महिला विकास केन्द्रको रक्तदानमा ३१ युनिट रगत संकलन

पोखरा । पोखरा महानगरपालिका वाड नं.४ स्थित शुभकामना महिला विकास केन्द्रले रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा ३१ युनिट रगत संकलन भएको संस्थाकी अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिइन् ।

पोखरा फोटोग्राफर संघका संरक्षक तथा संस्थाका सल्लाहकार गणेश छविले पहिलो रक्तदाता मनिष श्रेष्ठलाई ब्लडब्याग हस्तातरण गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।

कार्यक्रममा छविले केन्द्रलेसमाजमा परिपक्क संस्थाको उहाहरण प्रस्तुत गर्दै आएको बताए ।

सुन्दरमार्ग टोल विकास संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठले महिला संस्था भए पनि निकै जागरुक भएको बताए ।

संस्थाका संस्थापक अध्यक्ष तीर्थ श्रेष्ठले पिछडिएको महिला समाज उत्थानको लागि संस्था समर्पित रहेको बताइन् ।

सिद्धार्थ टोल विकास संस्थाकी अध्यक्ष सीमा कोइरालाले शुभकामना महिला विकास केन्द्रले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएको बताइन् ।

रक्त सञ्चार केन्द्रका प्रविधिक महेन्द्र केसीले स्वस्थ १८ वर्ष देखि ६५ वर्षसम्मका मानिसले रक्तदान गर्न सकिने बताए ।

सम्झौता नारी जागृति समूहका अध्यक्ष जानुका गौतम रक्तदान कार्यक्रमले धेरै जना मानिसलाई सेवा पुग्ने बताइन् ।

उक्त अवसरमा बगालेटोल मिसा पुचका सचिव सत्य श्रेष्ठ, निर्देशक भवानी माकाजू कार्यक्रम संयोजक पुष्पा श्रेष्ठले बोलेका थिए ।

संस्थाकी अध्यक्ष ज्ञानु श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन सचिव सावित्री श्रेष्ठ र स्वागत लक्ष्मी गुरुङले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button