पाेखरा। लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग २१ रनले पराजित भएको छ ।
आयरल्याण्डले दिएको दुई सय २३ रनको चुनौती नेपाल १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै दुई सय एक रनमा समेटियो ।
नेपालका लागि लोकेश बमले शतक प्रहार गरे । उनले ५६ बल खेल्दै नौ चौका र आठ छक्काको मद्दतमा सर्वाधिक एक सय छ रनको योगदान दिएका हुन् ।
त्यसैगरी आशिफ शेखले २६ बलमा एक चौका र पाँच छक्काको सहयोगमा ४९ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । कप्तान विनोद भण्डारीले १४ बलमा दुई चौका र एक छक्काको मद्दतमा १६ रन जोडे । बसिर अहमद तीन रनमा आउट भए ।
बलिङतर्फ आयरल्याण्डका फिआन ह्यान्ड र म्याथ्यु हम्फ्रिजले समान तीन-तीन विकेट लिए भने म्याथु फोस्टरले दुई विकेट लिए ।
त्यस्तै थोमस मेस र ग्याभिन होएले समान एक-एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टी-२० शृङ्खला अन्तर्गतको पहिलोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय २२ रनको योगफल बनाएको थियो ।
आयरल्याण्डका लागि पिटर मोरले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४९ रनको योगदान गरे ।
त्यस्तै कप्तान नील रक र काडे कारमाइकलले समान ३८-३८ रन बनाए । स्टेफन डोहिनीले ३४, गारेथ डेलानीले अविजित ३० तथा गाभिन होयले अविजित १८ रन बनाए ।
नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीले तीन विकेट लिए भने सागर ढकाल र आरिफ शेखले समान एक विकेट लिए ।
शनिबार आयरल्याण्डको ए टोली र नेपालको ए टोलीबीच दोस्रो खेल हुनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution