पोखरा । पोखरामा अग्रज पत्रकारद्वय गंगाधर पराजुली र राजु भण्डारी पुरस्कृत भएका छन् । पोखरा पत्रकारिता सम्मान २०७९ पराजुलीलाई र २०८० भण्डारीलाई प्रदान गरिएको हो ।
उनीहरुलाई नेपाल पत्रकार महासङ्घको ६९औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कार अर्पण गरेका हुन् ।
पराजुलीलाई व्यक्तिगततर्फ विसं २०७९ को सम्मान र भण्डारी र उनका परिवारजनलाई संस्थागततर्फ २०८० को सम्मान प्रदान गरिएको भनाइ छ ।
पोखरा पत्रकारिता सम्मानको राशि ५० हजार पाँच सय ५५ रुपैयाँ पराजुलीले प्राप्त गरे भने भण्डारी परिवारलाई पत्रकार महासंघको संस्थागत विकासमा टेवा पुर्याएकोमा सम्मान गरिएको हो ।
सम्मानित पराजुली राष्ट्रिय समाचार समिति (रासस) को पूर्वसञ्चालक, न्यूनतम् पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष उनी लामो सयमदेखि पत्रकारितामा क्रियाशील छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution