त्रिशुली नदीमा ट्याक्सी खस्दा चालकसहित पाँच जनाको मृत्यु, एक जना बेपत्ता

पोखरा । काठमाडौँबाट गोरखा आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खसेको छ । सो दुर्घटनामा चालकसहित पाँच मृत्यु भएको छ । सो दुर्घटनाममा एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा नगरपालिका वडा नं. ७ का ३५ वर्षीय अर्जुन सिर्मल, ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षीय बालक आगमन नगरकोटी रहेका छन् । अठार वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौँबाट तीन वटा गाडीमा फर्किदै गर्दा बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुलीमा खसेको हो ।

आज बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक उक्त दुर्घटना भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button