तनहुँमा बसमा कार ठोक्कियो, पोखराका तीन जना घाइते

पोखरा । तनहुँमा बसमा कार ठोक्किँदा तीन जना घाइते भएका छन् । म्याग्दे गाउँपालिका वडा नं.१ गुणादीस्थित पृथ्वी राजमार्ग सडक खण्डमा सो दुर्घटना भएको हो ।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको ना५ख ५३५९ नं.को बसको पछाडि भागमा सोही दिशातर्फ गइरहेको बाग्मती बी एसी ५७४० नम्बरको कार ठोक्किएको हो ।

घाइते हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नं. २५ का ३१ वर्षीय विकास त्रिपाठी, पोखरा-१६ का ३२ वर्षीय विकास बानियाँ र पोखरा १९ बस्ने ३१ वर्षीय सञ्जिव भण्डारी छन् ।

घाइतेको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पताल तनहुँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button