तनहुँमा १७ वर्षकी किशोरीमाथि जबर्जस्ती करणी, लमजुङका युवक पक्राउ

  • पोखरा न्यूज
  • २०८० चैत्र १७
तनहुँमा १७ वर्षकी किशोरीमाथि जबर्जस्ती करणी, लमजुङका युवक पक्राउ

तनहुँ । तनहुँमा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको छ । किशोरीलाई करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ब्यास नगरपालिका वडा नं १० डिगाउँ बस्दै आएका लमजुङ मध्यनेपाल नगरपालिका वडा नं. १ जितबेसीका ३० वर्षीय रघु बिक छन् । उनलाई शुक्रबार दिउसो पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिकले ती किशोरीलाई ब्यास नगरपालिका वडा नं. ४ स्थित होटलमा लगी सोमबार जबरजस्ती करणी गरेका थिए ।

पीडितको उजुरीका आधारमा बिकलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस