मुक्तिनाथ मन्दिर दर्शन गर्न हिँडेकी तीर्थयात्रीको मृत्यु

म्याग्दी । मुस्ताङमा लेक लागेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ ।

मुक्तिनाथ मन्दिर दर्शन गर्न जान हिँडेकी भारत गुजरातकी ६५ वर्षीया जानी तरुना विनको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार सात जनाको टोलीमा मुक्तिनाथ जान हिँडेकी विनलाई थासाङ गाउँपालिका-१ टुकुचे पुग्दा अक्सिजनको कमी भएपछि जोमसोम अस्पताल लगिएको थियो ।

जोमसोम अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।

चालु आर्थिक वर्ष २०८०/८१ मा दुई जना नेपाली र छ विदेशीको मुस्ताङमा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पछिल्लो तीन वर्षमा लेक लागेर २६ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button