स्वतन्त्र पत्रकार संघ कास्कीका नवनिर्वाचितको पदस्थापन चैत २४ मा

पोखरा । स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीको पदस्थापन चैत २४ गते आइतबार हुने भएको छ । संघको नयाँ कार्यसमिति चयन भएको ठीक एक महिनापछि पदस्थापन हुन लागेको हो ।

पदस्थापन कार्यक्रम कास्कीको मादी गाउँपालिका वडा नं. ५ स्थित ठूलास्वारा सामुदायिक होमस्टेमा हुने संघका नवनिर्वाचित अध्यक्ष कृष्ण रानाभाट सारथिले जानकारी दिए ।

कार्यक्रममा मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ प्रमुख अतिथिको रुपमा सहभागी हुने अध्यक्ष सारथिले बताए ।

पदस्थापन कार्यक्रमसँगै ‘ग्रामीण पर्यटन प्रवर्द्धनमा सञ्चारको भूमिका’ विषयक अन्तरक्रिया हुने रजनी तामाङले जानकारी दिइन् ।
संघको गत फागुन २४ गते सम्पन्न छैठौं अधिवेशनले सारथिको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

संघको उपाध्यक्षमा डिल्लीराम काफ्ले, सचिवमा रजनी तामाङ, सहसचिवमा शिशिर पौडेल र कोषाध्यक्षमा राधा ढकाल छन् । यस्तै, सदस्यमा गणेश बज्र लामा, मदनराज जैसी, नवीन केसी र अल्चना श्रेष्ठ छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button