आज आइतबार सुनको भाउ स्थिर रहेको छ । अघिल्लो दुई दिन अर्थात् बिहीबार र शुक्रबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो ।
बिहीबार सुनको मूल्य प्रतितोला एक लाख २७ हजार नौ सय रूपैयाँ र शुक्रबार प्रतितोला एक लाख ३० हजार रूपैयाँमा कारोबार भएको थियो।
शुक्रबारको मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार प्रतितोला एक हजार ५ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution